२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु - यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान  गोली प्रहार भए पनि  सकुशल रहेका छन ।

करिब १ बजे वडा नं ८  खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुई  अज्ञात व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए । 

वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उनलाई नलागेको प्रहरीले जनाएको छ ।  घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिएको प्रनाउ मल्लले बताए । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।रासस

प्रकाशित: १९ वैशाख २०७७ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App