१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ऐना होइन, अनुहार पो पुछ्नु छ कमरेड!

राजनीतिबाहेक अन्य कुरा परिवर्तन नभएकोमा युद्धमा होमिएका उनीहरू यतिबेला निरास भएका हुन्। ‘हिजो सपना ठूलो थियो। साच्चिकै सबै गतिशील थियौं। पार्टी अभिभावक थियो। आज सबै लथालिङ्ग छ।

८ महिनादेखि डाक्टरबिहिन रोल्पाको होलेरी

पश्चिम रोल्पाकै एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लामो समयदेखि चिकित्सक नहुँदा बिरामीलाई समस्या परेको छ। कोरोना महामारीको त्रासका समयमा लामो समयदेखि गाउँमा चिकित्सक नहुँदा यो क्षेत्रका स्थानीयहरु मारमा परेका हुन्।

शान्त तर डरलाग्दो सन्नाटामा होलेरी

एक दशक लामो माओवादी सशस्त्र द्वन्द्वपछि बिस्तारै तंग्रिन थालेको रोल्पाको होलेरी यतिबेला फेरि सुनसान छ। द्वन्द्वताका बेसरी थलिएको यो ठाउँमा शान्ति स्थापनायताका वर्षहरूमा गर्मी महिनातिर थप भिडभाड हुने गथ्र्यो।

होलेरीबाट नेपाल हेर्दा

तत्कालीन माओवादी विद्रोहको उठान तथा अवतरण र अहिलेको अभ्यासका हिसाबले रोल्पाको होलेरी एउटा अध्ययन क्षेत्र हो।

राष्ट्रिय मिडिया सम्मेलन, होलेरी आउँदै दर्जनौं पत्रकार

माओवादी द्वन्दको सुरुवाती ठाउँ रोल्पाको होलेरीमा यहि फागुन १ र २ गते हुने राष्ट्रिय मिडिया सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। रुन्टीगढी गाउँपालिकाको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा देश भरका एक सय बढी पत्रकारको उपस्थिति रहने आयोजकले जनाएको छ।

शान्ति स्मारकसहित लघुपार्क बनाइँदै

२०५२ पछि फेरि २०५८ असारमा भएको दोस्रो ठुलो होलेरी आक्रमणमा तहस नहस भएको प्रहरी चौकी नजिकै अहिले रुन्टीगढी गाउँपालिकाले शान्ती स्मारकसहित लघुपार्क बनाउँदैछ।

एक वर्षमै उप्कियो कालोपत्रे

सहिदमार्गका नामले चिनिने दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्किएको छ। साढे ३१ किलोमिटर उक्त पहाडी सडकको कालोपत्रे उप्किएपछि दर्जनौं स्थानमा खाल्डाखुल्डी पर्दा यात्रा कष्टकर बन्न पुगेको छ।

होलेरीको हुटहुटी

त्यसो त रोल्पाका अरू गाउँ जस्तै आम्दानीको मुख्य स्रोत यहाँ पनि रेमिट्यान्स नै हो। हरेक घरबाट विदेश नजाने युवा भेटिन गाह्रै पर्छ, यहाँ पनि। तर, यहाँ कतिपय विदेशबाट फर्केर काम थाल्नेहरू पनि छन्। खासगरी पर्यटन, तरकारी, नगदेबाली प्रतिको आकर्षण बढ्न थालेकाे छ।

‘विचलित नेतृत्वसँगै ओइलिए सपना’

रोल्पाको ‘होलेरी’ माओवादी १० वर्षे शसस्त्र विद्रोहको सुरुवाती ठाउँ हो। २०५२ साल फागुन १ मा यहाँको इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्ती अहिले रोल्पाबाट निर्वाचित प्रतिनिधि छन्। प्रतिनिधिसभामा जितेका वर्षमान पुन, प्रदेशसभा (क) बाट निर्वाचित कुलप्रसाद केसी र (ख) बाट निर्वाचित दीपेन्द्र पुन ‘होलेरी’ आक्रमणका सहभागी पात्र हुन्। सो आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन उपराष्ट्रपति रहेका छन्।

फेरिदै माओवादी विद्रोहको सुरुवाती ठाउँ ‘होलेरी’

रोल्पाको होलेरीले मुहार फेर्दैछ। २०५२ फाल्गुन १ गतेको होलेरी आक्रमणका ३ जना हस्तीहरु बर्षमान पुन, कुलप्रसाद केसी सोनाम र दिपेन्द्र पुन सिजल निर्वाचित प्रतिनिधि हुन् भने आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन्।

होलेरी प्रकरणपछि फेरिएको राजनीति

२०५८ असार २८ गते तत्कालिन नेकपा माओवादीले नेपाल बन्दको घोषणा गरेको थियो। नेपाल बन्द आह्वान गरेपछि माओवादीले बन्द सफल पार्न सैन्य आक्रमण पनि बढाउने गर्थ्यो। यो त्यहि हमला थियो जसले नेपालको राजनीतिमा हलचल नै ल्याइदियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्