१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेपाल–चीनको सिमाना: सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ

नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ। नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो।

बिओपी राख्दा अहिंसा नियम पालना गर्न माग

गोरखा र तिब्बतको सिमाना छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) राख्दा अहिंसाको नीतिनियम पूर्ण रूपमा पालना गर्न गराउन स्थानीयले माग गरेका छन्।

दुई दिनभित्र सिमानाकामा सवारी आवागमन खुल्छः उपप्रम पोखरेल

एक वर्षपछि देशका सबै सीमा नाकामा सबैखाले सवारी आवागम पुर्ववत रुपमा अब संचालनमा आउने भएको छ। उपप्रधानमन्त्री इश्वर पोखरेलले सीमानाकाहरु यातायातसमेत आउने जाने गरी साबिक अवस्थामा दुईदिन भित्र संचालनमा आउने बताएका छन्।

बोर्डर खुलाउन भारतीय महावाणिज्यदूतलाई नगरपालिकाको पत्र

नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि रौतहटको एउटा पालिकाले बोर्डर खुलाउन महावाणिज्यदूतलाई गुहारेको छ। रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकाले हिन्दी भाषामा औपचारिक पत्र पठाई नाका खुलाउन आग्रह गरेको छ।

कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत

नेपाल सरकारले साउदी अरेबिया अधिराज्य र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्न भएको निर्णयको स्वागत गरेको छ।

सीमामा गोली प्रहार प्रकरण : काठ तस्करी गर्न गएको प्रारम्भिक वयान

दोधाराचाँदनी नगरपालिका–१ का १६ वर्षिय नरेश सुनार सीमामा भारतीय पक्षबाट गोली लागेर घाइते भए। तिघ्रामा गोली लागेर समान्य घाइते भएका नरेशले भारतबाट सामान लिएर फर्कने क्रममा सीमामा आफूमाथी गोली प्रहार भएको बताएपछि घटनाले चर्चा पाएको थियो भने भारतीय पक्षबाट ज्यादती भएको भन्दै स्थानीय आक्रोशित भए। समाजिक सन्जाल लगायतमा बिरोध भयो। नरेश माथी भारतीय एसएसवी वा सुरक्षाकर्मीले गोली नचलाएको निष्कर्षमा प्रहरी पुगेको छ।

सिमानामा सर्वसाधारणलाई सास्ती

कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ। नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन्।

क्रिसमस अघि सीमा खोल्ने तयारीमा अष्ट्रेलियालीका प्रधानमन्त्री

अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।

कांग्रेसले भन्यो : चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी

नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारको टिप्पणी भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै 'सीमा मिचिएको छैन' भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गर्नु हतार भएको टिप्पणी गरेका हुन्।

चिनियाँ दूतावासले भन्यो : भवन हाम्रो क्षेत्रमा बनेका छन् नेपालले प्रमाणिकरण गर्न सक्छ

चिनियाँ दूतावासले हुम्लास्थित दुई देशको सीमा क्षेत्रको नेपाली भूभागमा चीनले भवन निर्माण गरेको दाबीलाई खण्डन गरेको छ।

उत्तरी सीमाबारे धारणा सार्वजनिक गर्न सरकारसँग सरिता गिरीको माग

पूर्वमन्त्री सरिता गिरीले नेपालको उत्तरी सीमा क्षेत्रमा भएको अतिक्रमणबारे सरकारले धारणा सार्वजनिक गर्न माग गरेकी छन्। गिरीले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीन ले नेपाल को भूमि अतिक्रमण गरेको बारे सरकारसँग आधिकारिक जानकारी गराउन माग गरेकी हुन्।

हुम्लाको लिमी क्षेत्रमा पुगेका नेपाली अधिकारीलाई चिनियाँ सुरक्षाकर्मीले रोके

हुम्लाको लिमी भ्याली क्षेत्रमा पुगेको नेपाली अधिकारीहरुको टोलीलाई चिनियाँ सुरक्षाकर्मीले रोकेका छन्। उक्त क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको सूचनाका आधारमा अधिकारीहरु त्यहाँ गएका थिए। । प्रमुख जिल्ला अधिकारी चिरञ्जवी गिरीसहितको टोली लिमी क्षेत्रमा गएको छ।

त्यो ऐतिहासिक नेपाल–चीन सिमाना सन्धि

नेपाल–भारत सिमाना खुला तथा आवतजावत सहज भएका कारण पनि दुई देशबीच सदियौंदेखि बेलाबेला सीमासम्बन्धी विवाद भइरहेको हो। यस विषयमा दुई देशबीच पटकपटक वार्ता भए पनि अहिलेसम्म विवाद साम्य हुन सकेको छैन। नेपालले उत्तरी छिमेकी चीनसँग भने सीमा सम्झौता गरेको छ। तर, ऊसँग पनि सीमाबारे विवाद नभएको होइन।

पशुपतिनगर नाकाबाट नेपाली कामदार भित्रिँदै

पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर फर्किने चाहने नेपाली कामदारलाई आइतबार (आज)देखि नेपाल प्रवेश दिइँदैछ। पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४ सय जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ।

‘नेपालसँगको समस्या समाधान गर्न भारतलाई धेरै अनुकूल छ’

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको देशको नयाँ नक्सा जारी गरेपछि छिमेकी भारतसँगको सदियौँ लामो सीमा समस्या जनस्तरसम्म पुगेको छ। कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न यसअघि भएका प्रयासले परिणाम नदिएपछि सरकार यो निष्कर्षमा पुगेको हो। अझ भारतीय सेना प्रमुख एमएम नरवाणेले नेपालले यो विषय कसैको इसारामा उठाएको भनेपछि स्थितिले अर्को मोड लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्