त्रिवि र ‘विवादित’ काङनाङ विश्वविद्यालयबीच शैक्षिक सम्झौता
त्रिविका कुलपतिसमेत रहेका ओलीलाई बुधबार दक्षिण कोरियाको क्रिस्चयन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयका प्रेसिडेन्ट सिनिल युनले मानार्थ विद्यावारिधि उपाधि दिएका थिए।
त्रिविका कुलपतिसमेत रहेका ओलीलाई बुधबार दक्षिण कोरियाको क्रिस्चयन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयका प्रेसिडेन्ट सिनिल युनले मानार्थ विद्यावारिधि उपाधि दिएका थिए।
सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा जेठ २३ मा बिदा निर्णय भएको बताए।
पृथ्वीका सबै प्राणीलाई उछिनेर मानवजाति यहाँसम्म आइपुग्नुमा सामूहिक कल्पनाशीलताको भूमिका देख्छन् युवाल हरारे। यही सामूहिक कल्पनाशीलताको उपज हो ईश्वर, धर्म, राज्य, कला, नैतिकता र मानिसको जीवनको सार्थकताका निम्ति सर्वाधिक महŒवका सबै सबै कुरा। मानिसको सौन्दर्यचेत पनि यही कल्पनाशीलताको एउटा पक्ष हो जो कला सिर्जनाका ‘औपचारिक’ संस्करणहरूमा मात्रै हैन, मानिसका व्यवहार, विचार, कौतुहल अनेकरूपमा प्रकट भइरहेको हुन्छ। मानव जीवनका सर्वाधिक महŒवपूर्ण पक्षहरू त्यही सौन्दर्यचेतको जगमा उभिएका हुन्छन्।
महागढिमाई नगरपालिका–१ को बरियारपुरस्थित गढिमाई मन्दिरपरिसरमा विवाह मण्डप र धर्मशालाको शिलान्यास गरिएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने विवाह मण्डप र धर्मशालाको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शनिबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन्।
महागढिमाई नगरपालिका –१ को बरियारपुर स्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरमा विवाह मण्डप र धर्मशाला निर्माण हुने भएको छ।
गृहमन्त्री रामबहादुर थापाले शान्ति, खुसी नेपाली विना देशले समृद्धि हासिल गर्न असम्भव रहेको बताएका छन्। गौतम बुद्धको २५६३ औं जन्मजयन्तीका अवसरमा शनिबार बौद्धमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै मन्त्री थापाले शान्ति विना आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको लागि अहिलेको सरकार लागि परिरहेको बताए। त्यस्तै मन्त्री थापाले समाजको विकासको लागि दिगो शान्ति आवश्यक रहेको भन्दै शान्तिको माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।
नेपालका केही वंशावलीमा मगध सम्राट अशोकको नेपाल यात्राबारे उल्लेख पाइन्छन्। यही वंशावलीको आधारमा स्वदेशी एवं विदेशी लेखकहरुले त्यही कुराको पुनरुक्ति गरिरहेको पाइन्छ। अशोक नेपालमा आएको, पाटन शहरमा बसेको, पाँच वटा स्तूप बनाएको र ती अशोक स्तूपका नामले प्रख्यात रहेको कुरा प्रकाशनमा पाइन्छन्। यसरी नै छोरी चारुमतिलाई साथमा ल्याएको र चारुमतिको विवाह यहींका देवपाल नामका एक क्षेत्रीयसँग भएको र उनै चारुमतिले बनाएको भएर चारुमति स्तूप भनिएको भनेर पनि काठमाडौं देवपाटनस्थित धन्दो चैत्यलाई चिनाउने गरिन्छ। यही विवरणका आधारमा नेपालमा बौद्ध धर्मको इतिहास सुरु भएको मान्ने गरिन्छ तर यो त्रूटिपूर्ण दृष्टिकोण हो।
बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङको सबैभन्दा पुरानो गुम्बामा यही साताबाट आम सर्वसाधारणका लागि पूजा खुला गरिएको छ।
धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले केन्द्रले आफूहरुलाई पाँचदेखि सातवर्षसम्म नियम विपरीत करारमा राखेर स्थायी नगराउँदा आपूmमाथि समय र श्रमको शोषण भएको बताएका छन्।
शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका अनशनरत दुई नर्सको अवस्था गम्भीर बन्दै गएको छ। शुक्रबारदेखि अनशनमा बसेका नर्सहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाइएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय बैठक अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केन्द्रीय अध्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न बैठकले विभिन्न ९ वटा निर्णय गरेको ओसिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बौद्ध धर्म एउटै हो, आफूलाई थेरवाद, महायान र बज्रयान भनेर परस्पर विभाजन गर्न नहुने धारणा बेलाबेलामा सुन्न पाइन्छ। यो धर्मको इतिहासमा कयौं समूह वा दार्शनिक सम्प्रदाय उदाएनन् मात्र, बिलाए पनि। हाल थेरवाद, महायान र बज्रयान भनी बेग्लाबेग्लै सम्प्रदायका रूपमा चिनाउनेहरू छन्।
विभिन्न माग लिएर आन्दोलनमा उत्रिएका धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका ६ जना नर्सलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल नर्सिङ संघको हातामा बुधबार धर्ना बसिरहेका बेला उनीहरु पक्राउ परेका हुन्।पक्राउ परेका नर्सहरुलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखिएको र बुधबार साँझसम्म रिहा नगरिएको जनाइएको छ। तालाबन्दी गरेर कार्यालय खोल्न बाधा पारेका कारण उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका डिएसपी विनोद घिमिरेले बताए।
बुद्धले वैदिक धर्मदर्शनको खण्डन गर्नुका साथै वैदिक ब्राह्मणसँग भारी मात्रामा शास्त्रार्थ गरेको तथ्य सही हो। शास्त्रार्थमा सहभागी ती ब्राह्मण बुद्धको शरणमा गई बौद्ध नै बनेका तथ्य पनि सही नै हो।
क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न दुई विदेशी नागरिकसहित प्रहरीले घोराहीबाट बुधबार पाँचजनालाई नियन्त्रणमा लियो।