८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिका बीच सम्झौता

अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता गरेको छ। इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिका धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अशिष महतोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

बङ्गलादेश बैंकद्वारा बीमा भुक्तानी

नेपाल बङ्गलादेश बैंकमा खाता खोलेकी महमुदा खातुनको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको परिवारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ।

भारतीय प्रधानमन्त्री मोदीको सफल भ्रमण गराउनु मधेश प्रदेश सरकारको उपलब्धी: लालबाबु राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन्।

स्वास्थ्य बीमामा देखिएको समस्या समाधान हुन्छः मन्त्री खतिवडा

ल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी)को अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताए।

रकम नदिने बीमा कम्पनीलाई लिखित जवाफ पेश गर्न अदालतको आदेश

सर्वसाधारणलाई बीमा रकम नदिने कम्पनीलाई अदालतले लिखित जवाफ पेश गर्न आदेश गरेको छ। बीमा कम्पनीहरुले सर्वसाधारणलाई ‘कोभिड बीमा रकम’ दिनुपर्ने माग गर्दै नेपालगन्जका कानुन व्यवसायीले सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दायर गरेका थिए।

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ।

कोरोना बीमा माग गर्दै उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर

कोरोना भाइरस(कोभिड–१९)बाट पोजेटिभ भएका व्यक्तिलाई बीमा रकम दिनुपर्ने मागसहित उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता सुनिल श्रेष्ठ, विकास आचार्य, लोकबहादुर शाह, बसन्त गौतम, विश्वजित तिवारी, बलबहादुर चन्द र इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगन्ज शाखा समेतलाई विपक्षी बनाएर सोमबार रिट निवेदन दायर गरेका हुन्।

एनएमबीको भिडियो केवाइसी

एनएमबी बैंकले ‘भिडियो केवाइसी’अन्तर्गत एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ।

सिरहामा ५७ हजार १८८ जनाले गराए स्वास्थ्य बीमा

कार्यालयमा बीमा दर्ताका लागि थप करिब १० हजार आवेदन आइसकेको र अब ती सबै आवेदन दर्ताको तयारी भइरहेको दर्ता अधिकारी चौधरीले जानकारी दिए। बीमा गराएकामध्ये हालसम्म सिरहामा करिब १२ हजार वीमितले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको जनाएको छ।

बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली

बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।

कोरोना नियन्त्रण र स्वास्थ्य बीमा मन्त्री तामाङको प्राथमिकता

कोरोना नियन्त्रणका लागि परिक्षणको दायरालाई फराकिलो बनाउने र स्वास्थ्य सामग्री प्रर्याप्त मात्रामा उपलब्ध गराउने मन्त्री तामाङको प्रतिबद्धता थियो। उनले तेस्रो लहरमा कोरोनाबाट बालबालिका बढी प्रभावित हुने सम्भावना अनुसार सबै प्रदेशमा भौतिक तथा जनशक्ति पूर्वाधार तयारी गरिरहेको बताए।

बंगलादेश बैंकद्वारा बीमा भुक्तानी

नेपाल बंगलादेश बैंकले कर्मचारी बचत खाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बिमाबापत १५ लाख रूपैयाँ मृतक भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको जनाएको छ।

पत्रकारका परिवारको स्वास्थ्य बीमा

पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो। एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो।

‘तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्नू’

अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्