९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिका बीच सम्झौता

अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता गरेको छ। इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिका धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अशिष महतोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

नेपाल सरकारको बीमा नीति अनुरूप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याउने उद्देश्यका साथ उक्त सम्झौता गरेको इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत खत्रीले बताए। उनले बिमा व्यवसायलाई सरल र प्रभावकारी बनाइ यस क्षेत्रको विकास र विस्तार गर्न सेवा दिने तथा लिने गरी सम्झौता भएको जनाएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७९ ०५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App