coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङमा सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । जन्तेढुंगा गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा २ जना र हलेसी तुवाचुङ नगरपालिकामा २ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

आरडिटी परीक्षणमा गरिबलाई शुल्क नलिनु : सर्वोच्च

सर्वोच्च अदालतले गरिब, असहाय, कम आय भएकालाई कुनै पनि अस्पतालले कोभिड १९ को संक्रमण छुट्ट्याउन गरिने आरडिटी परीक्षणमा शुल्क नलिन आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले गरिबीको रेखामुनि रहेका व्यक्तिलाई शुल्क लिएर आरडिटी परीक्षण रोक्न आदेश गरेको हो ।

रसुवाका पाँच जनाको कोरोना रिपोर्ट नेगेटिभ

रसुवाको पाँच जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ अर्थात कोरोना नभएको आएको छ । द्रुत विधिबाट परीक्षण गर्दा ‘आरडिटी पोजेटिभ’ देखिएका उनीहरूको पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

खोटाङमा एक सय ३७ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ सय ३७ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । काठ्माण्डौं, उदयपुरको गाईघाट लगायतका ठाउँबाट आएका स्थानीयको आरडिटि टेष्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिका आफैले १ सय ५० थान टेष्ट किट ल्याएर आईतबार आरडिटि परिक्षण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

पशुपतिनगरबाट भित्रिए ७६ जना

पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर बसेका ७६ युवा आइतबार स्वदेश फर्किएका छन् । दोलखाका ६७, तेह्रथुमका ७ तथा चितवन र काठमाडौंका १÷१ युवा पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।

रसुवामा तीन जनाको आरडिटी पोजेटिभ

रसुवामा तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिकामा शनिबार जाँच गरिएकामध्ये तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

पाँचथरका १ सय १४ जनाको रिर्पोट नेगेटिभ

पिसिआर परीक्षण गरिएका १ सय १४ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । कोरोना भाइरसका सन्त्रासका क्रममा स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी, डयुटीमा खटिएका सुरक्षाकर्मी र पत्रकारको स्वाब परीक्षण भएको थियो ।

आरडिटीको व्यापार

र्‍यापिड डायग्नोष्टिक किट (आरडिटी)को विश्वसनियतामाथि प्रश्न उठिरहेको बेला सरकारले यहीं परीक्षण पद्धतिलाई बाध्यकारी पार्नेगरी एक पछि अर्को निर्णय गर्दै गएको छ । स्वास्थ्य मन्त्रालयले शुल्क लिएर आरडिटी परीक्षण गर्न निजी स्वास्थ्य संस्थालाई अधिकार दिएसँगै गृहमन्त्रालयले पनि त्यही निर्णयलाई सहयोग पुग्नेगरी काठमाडौं उपत्याका आउँनले आरडिटीको रिपोर्ट पेश गर्नुपर्ने बाध्यकारी निर्णय गरेको हो ।

भारतबाट एकैदिन १७ सय नागरिक कर्णाली भित्रिए

कर्णाली प्रदेशमा बिहीबार एकैदिन भारतबाट आएका करिव १७ सय नागरिक भित्रिएका छन् । सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जाजरकोट र जुम्लाका गरेर एक हजार छ सय ६९ जना भित्रिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । विहान आएका मध्ये दैलेखका ७२७ र सल्यानका तीन सय ५१ जना सम्वन्धीत जिल्लामा पुर्‍याइएको छ भने बाँकी जिल्लाकालाई सदरमुकाम वीरेन्द्रनगर ल्याइएको छ ।

रोल्पा आयो स्वास्थ्य सामग्री, आरडिटी परीक्षण गरिने

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीको पहलमा स्वास्थ्य सेवा बिभाग मार्फत रोल्पामा कोरोना परीक्षण, नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामाग्री आएको छ । सामाग्री जिल्ला आएसंगै आरडिटी परीक्षण सुरु गरिने भएको छ ।

कोरोना परीक्षणमा भूगोल बाधक

कर्णालीमा कोरोना परीक्षणका लागि भूगोल बाधक बनेको छ । यहाँका गाउँबस्तीसम्म पुग्न हरेक जिल्ला सदरमुकामदेखि ग्रामिण क्षेत्रसम्म पुग्न एकदेखि तीन दिनसम्म लाग्ने गर्छ । भौगोलिक रुपमा निकै विकट भएको समयमै स्वास्थ्यकर्मी परिचालन भएपनि स्वाब संकलन र र्‍यापिड परीक्षणका क्रियाकलाप प्रभावित हुने गरेका छन् । एक साता अघि कर्णालीको मुगु जिल्ला खत्याड गाउँपालिकामा र्‍यापिड परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

तीन सय ७२ जनाको आरडिटी परीक्षण, सबै रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा अहिलेसम्म ३ सय ७२ जनाको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । चैत ११ गतेदेखि भारतसहित तेस्रो मुलुकबाट फर्किएका तथा मुलुककै बिभिन्न स्थानबाट जिल्ला भित्रिएका नागरिकहरुमा गरिएको आरडिटीको परीक्षण रिर्पोट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

भारतबाट ६ हजार भित्रिए, १ हजारको मात्रै कोरोना परीक्षण

बैतडीमा भारतबाट ६ हजार ९१ जना भित्रिए पनि अहिलेसम्म एक हजार एक सय २० जनको मात्र कोरोना परीक्षण गरिएको छ । गएको चैत महिनादेखि हालसम्म विभिन्न नाकाबाट जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । चैत १ गतेदेखि वैशाख तेश्रो सातासम्म जिल्लामा भारतबाट मात्रै ६ हजार बढी नागरिक भित्रिएको उनले बताए ।

खोटाङमा दोश्रो चरणको आरडिटी सुरु, २३ जनाको रिपोर्ट ‘नेगेटिभ’

खोटाङमा दोश्रो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) सुरु गरिएको छ । पहिलो चरणमा विभिन्न देशबाट चैत यता घर फर्किएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका सर्वसाधारणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएकामा बुधबारदेखि स्वदेशभित्रकै विभिन्न स्थानबाट घर आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ति वा संक्रमितको सम्पर्कमा रहेर आएका व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्