१० मंसिर २०८१ सोमबार
image/svg+xml

सहकारीको नियमन नहुँदा अर्बौं रकम डुब्यो

सरकारले सहकारी संस्थाहरूको नियमन नगर्दा निक्षेपकर्ताको अर्बौं रूपैयाँ रकम डुबेको छ। सहकारीको प्रभावकारी नियमन नहुँदा सञ्चालकले आँफूखुसी लगानी गरेपछि अर्बौं रूपैयाँ जोखिममा परेको हो।

स्ट्यान्डर्ड चार्टडको ‘डे केयर’ सेवा पुनःसञ्चालन

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयका कर्मचारीहरूका बालबालिकाका लागि उक्त सेवा सञ्चालनमा ल्याएको हो।

गाउँका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पाको रम्भा गाउँपालिका-१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ।

त्रिविको जग्गामा गैरशैक्षिक र निजी क्षेत्रको हालीमुहाली

त्रिभुवन विश्वविद्यालय (त्रिविका) का पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ छ।

गौतमबुद्ध विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिममा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ।

नेपालमा अबैध औषधि पसल सञ्चालन गर्ने नौ भारतीय पक्राउ

कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरुलाई बुधबार पक्राउ गरिएको हो।

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आज एक कार्यक्रमबीच उद्घाटन गरे।

असार १ गतेदेखि बसपार्क बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नपाइने

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ।

सिटिजन्स बैंकको १८३ औं शाखा सञ्चालनमा

सिटिजन्स बैंकले काठमाडौंको काँडाघारीमा १८३ औं शाखा सञ्चालन गरेको छ। यससँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको शाखा३६ वटा पुगेका छन्।

डायलायसिस सेवा पुनः सञ्चालनमा

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ। उपकरण बिग्रिएपछि यहाँ डेढ महिनादेखि सो सेवा ठप्प थियो।

सडक सञ्जालमा कहिले जोडिएला हुम्ला सिमकोट

भौगोलिक विकटता र चट्टानयुक्त भूगोलका कारण हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन कम्तिमा अझै १ वर्ष लाग्ने भएको छ।

आजदेखि सम्पदा यात्रा बस सेवा सञ्चालन, एक हप्ता निःशुल्क

आजदेखि सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ।काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आज मंगलवारबाट सम्पदा यात्रा बस सेवा ‘हप अन हप अफ बस’ सञ्चालनमा आएको हो।

थ्रिल वाटर र फन पार्क सञ्चालनमा

औद्योगिक घराना चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएको छ।वीरगन्जसँग सीमाना जोडिएको बाराको परवानीपुर–४ लिपनीमालमा १५ करोडको लागतमा चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएका हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्