१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

आजदेखि सम्पदा यात्रा बस सेवा सञ्चालन, एक हप्ता निःशुल्क

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मङ्गलबार पर्यटन सम्पदा घुम्ती बस सेवाको उद्घाटन गर्दै ।

आजदेखि सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ।काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आज मंगलवारबाट सम्पदा यात्रा बस सेवा ‘हप अन हप अफ बस’ सञ्चालनमा आएको हो।

ललितपुरको पुलचोकमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गरे। बस सेवा शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिए।

उनले सानो काम भएपनि सरकारले ठूलो मेहनत गर्नुपरेको बताए। मन्त्री किराँतीले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने लामो समय देखि भनिएपनि भाडा समायोजनको काम अझै नसकिएको बताए। उनले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन र कानून धेरै पछि रहेको बताए। एनले बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भएपनि सम्पदा यात्रा बस सेवा सञ्चालनको लागि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानून नभएका कारण अफ्ठ्यारो परेको बताए। मन्त्री किराँतीले आजबाट शुभारम्भ भएको सेवा नरोकिझै बस थपेर जाने कुरामा सबैको प्रतिवद्धता रहेको पनि बताए। उनले उपत्यकाको पर्यटन प्रवद्र्धनको लागि एउटा सानो प्रयास मात्रै भएको भन्दै यसको परीक्षण पश्चात सेवा बिस्तार गरिनेसमेत जानकारी दिए। उनले सम्पदा बसमा पर्यटन मन्त्री किराँतीले पुल्चोकदेखि नारायणहिटी दरबार संग्रहालयसम्म यात्रा समेत गरे।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त शहर बनाउने प्रयास अन्तर्गत महानगरपालिकाले अब उपरान्त कुनै पनि गाडी खरिद् गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिए। उनले गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणा बमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको बताए। उनले ललितपुर महानगरको भित्रि शहरमा विद्युतीय सतल बस चलाउनका लागि साझा यातायातलाई ९ करोड रुपैयाँ दिइसकेको बताउदै चाँडो भन्दा चाँडो कार्यान्वयनमा आउने विश्वास समेत व्यक्त गरे।

सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने बताए। त्यस्तै, बस सेवा तत्कालका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ। परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवा मार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ।  

प्रकाशित: ९ जेष्ठ २०८० १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App