२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १३:५८ अपराह्न
समाज

असार १ गतेदेखि बसपार्क बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नपाइने

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ। शुक्रबार एक सूचना जारी गरी महानगरले यात्रुवाहक सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।    

काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने सरोकारवालाहरुसँगको बैठकबाट निर्णय भएको महानगरले जनाएको छ।  

निर्णय कार्यान्वयन नगरे जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कारबाही गरिने पनि महानगरले स्पष्ट पारेको छ। 

प्रकाशित: १९ जेष्ठ २०८० ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App