११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वराजालक्षित गगन थापाको प्रश्न : निर्मल निवासमा बसेर यस्तो छ, नारायणहिटीमा भएको भए के गर्थे?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापले यस्तो टिप्पणी गरेका हुन्। शााहलाई धोएर जति सफा गरे पनि संवैधानिक राजा बन्न योग्य नरहेको उनको भनाइ छ। नेपाली कांग्रेसले लामो संघर्ष र अनुभव संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उनको जिकिर छ।

थापाले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाउँदै नारायणहिटीमा भए के गर्लान् भन्दै प्रश्न गरे। उनले पूर्वराजा शाहले व्यवसायी दुर्गा प्रसाईं र पूर्वपञ्च नवराज सुवेदीलाई ल्याएर उत्पात मच्चाएको आरोप लगाए।  

उनले भने, ‘नेपालको राजालाई धोएर जति सफा गर्यौं भने पनि उसलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन। नेपाली कांग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो। निर्मल निवासमा बस्दाखेरि त यस्तो उत्पात मच्चायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रै क्षेत्रमा बस्ने नवराज सुवेदी, जसले अस्तिसम्म किताव लेखेर राजालाई गाली गर्थे उसलाई खोजेर ल्याएर निर्मल निवासमा बसेर यस्तो उत्पात मच्चाएको छ। नारायणहिटीमा भएको भए के गर्थे होलान्?’

प्रकाशित: २८ चैत्र २०८१ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App