२५ श्रावण २०७७ आइतबार

वैदेशिक रोजगारीमा श्रमिक, निरन्तर ज्यादती

वैदेशिक रोजगारीमा गएकाहरू यतिखेर मात्र समस्यामा परेका होइनन्। वर्षौंदेखि यस्तो क्रम जारी छ। तर अधिकांश घटनामा श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन सकेको छैन। श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन नसक्दा यस्तो शृंखला जारी रहेको भुक्तभोगी बताउँछन्।

विदेश गएको एक वर्षभित्र फर्कनेलाई निःशुल्क

कार्यविधि तयार हुन ढिलाइ गरिएपछि चार्टर्ड उडानमार्फत ३५ हजार बढी महँगो हवाई भाडा तिरेर घर फर्कन बाध्य भएका छन्।

‘अब देशमै छ रोजगारी’ अभियान

एक भर्चुअल कार्यक्रमका बीच अर्थमन्त्री डा. युबराज खतिवडाले उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरु बीच उक्त अभियानको सार्वजनिक गरेका हुन्।

‘अब देशमै छ रोजगारी’ अभियान शुरू

रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको बिहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए ।

लकडाउन अवधिमा विदेशमा ४५६ जनाको मृत्यु

वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीमध्ये लकडाउनको समयमा ४ सय ५६ जनाको मृत्यु भएको छ। तीमध्ये १ सय ९ शव विदेशमै अलपत्र परेको छ।

वैदेशिक रोजगारीमा गएका १ हजार २८८ नागरिक नुवाकोट फर्किए

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण भारत लगायत अन्य मुलुकमा रहेका १ हजार २ सय ८८ जना नागरिक गृह जिल्ला नुवाकोट आएका छन् ।

‘जापान रोजगारीका नाममा कसैलाई पैसा नदिनू’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापान रोजगारीको नाममा कसैलाई पनि रकम नबुझाउन आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै केही भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श तथा सीप प्रशिक्षण संस्थाहरूले भ्रमपूर्ण प्रचार गरेर रकम असुलेको जानकारी प्राप्त भएकाले सचेत रहन आग्रह गरेको हो।

गाउँ फर्किएकाहरुको सीप उपयोग गर्दै सिरिजङ्घा

कोभिड–१९ का कारण बैदेशिक रोजगारी गुमेर गाउँ फर्किएका पालिकात्रिका नागरिकलाई ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थानीय स्तरमै उद्यमशिल बनाउने भएको छ ।

ताप्लेजुङमा थप ३ जना कोरोना संक्रमित थपिए, १ जना डिञ्चार्ज

ताप्लेजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । १ जना कोरोना संक्रमित भने उपचारपछि घर फर्किएका छन् । यो सहित संक्रमित ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

डोजरले रोजगारी खोसेपछि...

चरम बेरोजगारीका कारण रोल्पाका ७ घर क्षणभरमै रित्तिएका छन् । शनिबार राती प्युठानमा भएको भयानक दुर्घटनाले रोल्पा होलेरी नजिकै रुमाले गाउँका ६ घर र त्रिबेणीको एक घर उजाडिएको हो ।

लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि

भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रबार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको सुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ ।

थोरै कामदार पठाउने मेनपावर खारेज नहुने

आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा लगातार सय–सय जनालाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर खारेजी नहुने भएका छन्।

विदेशमा रोजगारी गुमाउने बढ्दै, निःशुल्क उद्धारको टुंगो छैन

निःशुल्क उद्धारको कार्यविधिमा श्रम स्वीकृति लिएर विदेश गएको एक वर्ष नपुग्दै रोजगारी गुमाएकालाई घरसम्म पुग्दा लाग्ने सम्पूर्ण खर्च कल्याणकारी कोषबाट बेहोर्ने उल्लेख छ।

मेनपावर नवीकरण अन्योलमै, निर्णय नभए पाँच सय बढी खारेज हुने

लगातार दुई आर्थिक वर्ष सयजनालाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर पाँच सय १३ छन्। यो संख्या अहिले सञ्चालनमा रहेका मेनपावरको दुई तिहाइ हाराहारी हो।

नौमुलेमा सामूहिक रोजगारी

नौमुले गाउँपालिकामा के महिला के पुरुष । असार अन्त्यतिर लाग्दा लाम लस्कर लागेर धमाधम काम गरिरहेको दृश्य उत्साहजनक देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्