भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा छ शव भेटिएका छन्।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार मुग्लिनभन्दा केही तल तथा सिमलतालमा एक/एक र देवघाटमा चार शव भेटिएका छन्।
प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नदी आसपासका क्षेत्रमा प्रहरीले निगरानी गरिरहेको बताए।
प्रकाशित: १० भाद्र २०८३ २१:१९ बुधबार





