१० भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

बाढीपीडितको उद्धारका लागि प्रधानमन्त्री कोषमा सहयोग गर्न अपिल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सार्वजनिक अपिल जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका तटीय जिल्लाहरूमा बाढीले अपूरणीय जनधनको क्षति पुर्‍याएको जनाएको छ।

विस्थापित परिवारलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा पुनःस्थापना गर्न ठूलो स्रोतको आवश्यकता परेकाले स्वदेश तथा विदेशमा रहेका नागरिक, संघसंस्था एवं दाताहरूलाई कोषमा सक्दो रकम जम्मा गरिदिन सरकारले अनुरोध गरेको हो।

सरकारले आर्थिक सहयोग जम्मा गर्नका लागि विभिन्न बैंकका खाता नम्बरहरू सार्वजनिक गरेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका खाता नम्बरहरू

हिमालयन बैंक लिमिटेड ($ अमेरिकी डलर खाता) : 01905631210046

राष्ट्रिय वाणिज्य बैंक : 1130100003762001 / 113010000006006

नेपाल बैंक लिमिटेड : 00211600510039000003 / 00200100510039000001

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. : 01013243801 / 02013243801

एभरेष्ट बैंक लिमिटेड : 00100105200270 / 00101102200012

ग्लोबल आइएमई बैंक लि. : 00401010000057 / 00411010000005

नबिल बैंक लिमिटेड : 1710017505285

कृषि विकास बैंक लि. : 0100201002907014

प्रधानमन्त्री राहत कोषको खाता नम्बर:

राष्ट्रिय वाणिज्य बैंक : 1430100000025006 / 1430100001164001

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको क्युआर कोड तथा उल्लिखित बैंक खाताहरूमा पारदर्शी रूपमा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ।

प्रभावित क्षेत्रमा हाल खोज, उद्धार तथा राहत सामग्री वितरणको काम तीव्र गतिमा अघि बढाइएको छ।

प्रकाशित: १० भाद्र २०८३ २१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App