९ मंसिर २०८१ आइतबार
image/svg+xml

निकुञ्ज पीडितको दुखेसो: ‘दलका चुनावी एजेण्डा मात्रै बन्यौँ’

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका नागरिकको बसोबासको विषय त्यसपछिका हरेक निर्वाचनमा चुनावी एजेण्डा बन्ने गरेको भए पनि पीडितको अवस्थामा सुधार आएको छैन।

नरभक्षी बाघलाई नियन्त्रण गर्न सीसीटीभी जडान

बस्ती क्षेत्रमा बाघ देखिएपछि क्यामेरा जडान गरेर बाघको खोजी गरिएको तिवारीले बताए। हिजोदेखि बाघ नियन्त्रणका लागि सात वटा हात्ती, नेपाली सेना, निकुञ्ज प्रशासन तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी खटिएका छन्। बाघ बेला बेलामा बस्ती क्षेत्रमा देखिएकाले बाघलाई नियन्त्रणमा लिन परेको उनले बताए।

बाँदरझुलामा लालपुर्जाः निकुञ्ज र भूमि आयोग आ-आफ्नै अडानमा

त्यहाँ २०४७ सालदेखि मकवानपुर, पर्सा, लमजुङ, तनहुँ लगायतका जिल्लाबाट सुकुम्बासीहरु आई बसोबास गर्न थालेका हुन्। त्यसयता गत पुस महिनासम्म ६६५ घरधुरी थिए। अहिले ९ सयको हाराहारीले लालपुर्जाको लागि निवेदन दिएका छन्। सोही स्थानमा लालपुर्जा छिट्टै वितरण हुने चितवन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

मकै जोगाउन बँदेलका लागि थापेको पासोमा परेर चितुवाको मृत्यु

पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएको थियो। उद्धार टोली घटनास्थल नपुग्दै चितुवा मरेको छ। घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत खटीएका बताइएको छ।

मरेरै सकिए बाह्रसिंगे र अर्ना

वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिंगे बाढी र रोगले मरेर सकिएका छन्।

बाघ हेर्न बर्दियाको निकुञ्जमा पर्यटक

गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन्। 'यो सङ्ख्या हाम्रो लागि सुःखद हो', प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ।'

दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ। पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ।

मरेको बाघ ‘जिउँदो’ भएपछि

२०७७ पुस १८ गते पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्ड भएर यात्रा गर्ने क्रममा गम्भीर दुर्घटनामा परेको १० वर्षे पाटेबाघको तस्बिर खिचेका थिए।

वन्यजन्तु पीडितले पाए ३ करोड बढी राहत रकम

निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र तथा धादिङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सस्ता पश्चिम) र चितवनमा वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति पुर्याएका परिवारलाई सो रकम वितरण गरिएको हो। यस क्षेत्रमा वन्यजन्तुले ७२४ वटा घट्ना घटाएका थिए।

डढेलो फैलिएपछि क्यालिफोर्नियामा आपत्काल घोषणा

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।

'निकुञ्जका कारण माडीवासीलाई परेको समस्या समाधान हुन्छ'

जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरुसहित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो। सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्