१८ भाद्र २०८३ बिहीबार
image/svg+xml

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन नउडाउन गृह मन्त्रालयको आग्रह

अनुमति नलिई अन्य साना ड्रोन उडाइएको पाइएमा नियन्त्रणका लागि एन्टी–ड्रोन टोली परिचालन गरिने मन्त्रालयले जनाएको छ। त्यस्ता ड्रोन नियन्त्रणमा लिएर जफतसमेत गरिने चेतावनी दिइएको छ।

असोजदेखि पोखरा-दुबई दैनिक उडान हुने

आगामी असोजदेखि सुरु हुन लागेको पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी र दिगो बनाउन पोखरा महानगरपालिका र एयरलाइन्स कम्पनी फ्लाई दुबईबीच औपचारिक सहकार्य सुरु भएको छ।

उद्धारमा अवरोध भए तत्काल फर्किन सागर ढकाल र श्रीराम न्यौपानेलाई रास्वपाको निर्देशन

उपनेता गणेश पराजुलीका अनुसार, सांसद न्यौपाने सुरुङसम्बन्धी इन्जिनियर र ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले फिल्डमा गएर समन्वयकारी भूमिका निर्वाह गरिरहेको पार्टीको बुझाइ छ।

चीनतर्फ अलपत्र परेका ११४ नेपाली तातोपानी नाका हुँदै फर्किए

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि चीनको केरुङ क्षेत्रमा अलपत्र परेका ११४ जना नेपाली बिहीबार स्वदेश फर्किएका छन्।

‘तिनीहरू’ को कथा होइन, ‘हामी’को नजरमाथि प्रश्न

‘ए, तिनीहरू’ भनेर वर्गीकरण गरिसकेपछि उनीहरूको कथा सुन्ने धैर्य पनि राख्दैनौँ। क्लाइमेक्सपछि सम्भवतः दर्शकले आफूभित्रको त्यही विभेदी नजरलाई एकपटक फर्केर हेर्न बाध्य हुन्छ।

सुदूरपश्चिममा बाढीको जोखिम: महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज बन्द

सुदूरपश्चिम प्रदेशका पहाडी भेग र तराईका जिल्लाहरूमा निरन्तरको वर्षासँगै आकस्मिक बाढीको जोखिम बढेपछि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

रसुवा बाढी: १७ विद्यार्थी र १ शिक्षकको मृत्यु, अझै २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी रसुवा, नुवाकोट र धादिङका १७ जना विद्यार्थी र एक शिक्षकको ज्यान गएको छ भने अझै २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन छन्।

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत लिन एमालेको ध्यानाकर्षण

नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत लिन आग्रह गरेको छ।

त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रियो साढे २४ हजार ग्यास सिलिन्डर

त्रिशूली नदीको कटानले पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका जिल्लाको इन्धन आपूर्ति सहज बनाउन वैकल्पिक मार्गको प्रयोग सुरु गरेको छ।

मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

कम्पनीले विपद् तथा कठिन परिस्थितिबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ।

स्याउ पाक्यो, तर छैन बजार पुर्‍याउने बाटो

विगतका वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्को छ तर बजारसम्म पुर्याउन ढुवानी र भण्डारणको समस्या समाधान हुन सकेको छैन।

कैलालीमा हायसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिकामा यात्रुवाहक हायसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।

त्रिशूली–३ ‘ए’ सुरुङको मुख खुल्यो, उद्धारकर्मीको टोली भित्र प्रवेश

सुरुङको भित्री भाग र पावरहाउस सुरक्षित रहेको हुनसक्ने तथा त्यहाँ फसेका व्यक्तिहरू जीवित भेटिन सक्ने आशामा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउन किन ढिलाइ ?

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुको औचित्य दलहरूलाई सरकारको काममा हस्तक्षेप गराउनु होइन । बरु संकटको घडीमा सरकारको नेतृत्वमा सबै राजनीतिक शक्तिलाई एउटै राष्ट्रिय प्राथमिकतामा परिचालन गर्नु हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्