१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन नउडाउन गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

उद्धार तथा राहत कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन मन्त्रालयले त्यस्ता क्षेत्रमा ड्रोन उडानमा कडाइ गरेको हो। मन्त्रालयका अनुसार राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० किलोग्रामसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई भने आवश्यक अनुमति दिएर उडान गर्न सकिनेछ।

अनुमति नलिई अन्य साना ड्रोन उडाइएको पाइएमा नियन्त्रणका लागि एन्टी–ड्रोन टोली परिचालन गरिने मन्त्रालयले जनाएको छ। त्यस्ता ड्रोन नियन्त्रणमा लिएर जफतसमेत गरिने चेतावनी दिइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका गतिविधि सञ्चालन भइरहेका बेला अनधिकृत ड्रोनका कारण सुरक्षा चुनौती बढ्न सक्ने भन्दै मन्त्रालयले सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको हो।

गृह मन्त्री सुधन गुरुङले विपद्का बेला उद्धार, राहत तथा शव व्यवस्थापनका कार्यलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षले सरकारी निर्देशनको पालना गर्न आग्रह गरेका छन्। 

प्रकाशित: १८ भाद्र २०८३ २०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App