१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
खेल

एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित

एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

मलेसियामा जारी खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। बिहीबार सम्पन्न खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

अर्जुन कुमालले अविजित ४५ रन बनाए भने इशान पान्डेले २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो। मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए।

विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसीले ४ विकेट लिएका थिए भने ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो। अब नेपालले आइतबार हङकङसँग खेल्नेछ।

प्रकाशित: १८ भाद्र २०८३ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App