१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
कर्पोरेट

मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ करोड ११ लाख सहयोग गरेको छ।

उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरू श्री नन्दकिशोर राठी, श्री मनोजकुमार गोयल, श्री शरद गोयल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री आनन्द नेपालले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।

कम्पनीले विपद् तथा कठिन परिस्थितिबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ।

मारुती सिमेन्ट्स लिमिटेडले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। विपद्को समयमा पीडित तथा प्रभावित नागरिकसँग हातेमालो गर्नु आफ्नो सामाजिक दायित्व भएको कम्पनीले जनाएको छ।

मारुती सिमेन्ट्स लिमिटेडले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

प्रकाशित: १८ भाद्र २०८३ १८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App