१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

ओलीको रिट ‘हेर्न नभ्याइने’ मा

गोला प्रक्रियाबाट न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो। सो रिटमा गत भदौ २२ गते लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको थियो।

ओलीले गिनिज बुकमा नाम लेखाए हुन्छः माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोप लगाएका छन्।

‘दाहाल अस्थिरताका नायक’

एमाले दोस्रो केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन भएका ४४ जनालाई बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शपथ गराउने क्रममा ओलीले दाहालले क्रान्तिकारी भएर सेयर बजारबारे हचुवा टिप्पणी गरेको आरोप लगाएका हुन्।

नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न सभामुख सापकोटालाई ओलीको चेतावनी

अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराए।

एमालेमा देशव्यापी असन्तुष्टि

नेकपा एमालेभित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ।

कांग्रेस महाधिवेशनः पार्टीलाई सुदृढ बनाएर अघि बढाउने अवसर

देउवाले कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको डरत्रासबाट जनतालाई मुक्ति दिएको भन्दै अब त्यस्तो अवस्था आउन नदिन नेता कार्यकर्ता सचेत हुनुपर्ने बताए। फेरि सभापतिको प्रत्यासी बन्ने तयारीमा रहेका देउवाले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन आफू तयार रहेको दाबी गरे।

एमालेमा केन्द्रीय सदस्य मनोनयनको तयारी

एमाले महाधिवेशनमा सहमतिका नाममा विशाल भट्टराई, सुरेन्द्र मानन्धर, शिव गुरुङ, बुद्धिकुमार राजभण्डारी, कृपाशुर शेर्पा, दीपक भट्टलगायतका धेरै नेताहरू केन्द्रीय सदस्य हुनबाट बञ्चित भएका थिए। भट्टराईलाई प्र्रदेश १ को अध्यक्ष बनाउने तयारी भए पनि अन्य नेताको हकमा केन्द्रीय सदस्यमै व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ।

एमालेमा फेरि ओली नेतृत्व

मत गणनापछि एमाले केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले ओली अध्यक्षमा विजयी भएको घोषणा गरेका थिए। मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। दुई हजार एक सय ५३ मतदाता रहेकोमा दुई हजार एक सय १४ जनाले मतदानमा सहभागी भएको जानकारी सुब्बाले दिए।

राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली?

बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै शीर्ष नेतृत्वमा निर्वाचित भएका थिए।

ओलीको सूचीमा छुटेका प्रभावशाली नेता

निर्वाचन हुने अपेक्षाका साथ दसौं महाधिवेशनमा चितवन आइपुगेपछि एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका थिए।

एमाले नयाँ नेतृत्वका लागि सात घण्टा ढिलो गरी मतदान सुरु

निर्धारित समयभन्दा सात घण्टा ढिलो गरी नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान सुरु भएको छ।

ओलीको अर्को इनिङ

दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले दसौं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्न ठूलो कसरत गरेका थिए। तर नेता भीम रावलले उम्मेदवारी दिनेघोषणा गरेपछि अध्यक्ष पदका लागि मतदानमा जानुपरेको हो।

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र डा.भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। उनिहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।

एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्