coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनः कसले कति मत पाए?

नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत प्राप्त गरि दोस्रोपटक निर्वाचित भएका छन्।चितवनको सौराहामा सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिशनमा भीम रावलले २२३ मत गरेका छन्।

यस्तै, नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन्। सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन्।

विद्युतीय मेसिनबाट मतदान भएको थियो। एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय मेसिनबाट राखिएको थियो। एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो। निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको थियो।

योगेश भट्टराई– १९६४

पद्मा अर्याल– १८००

गोकर्ण विष्ट–१९७६

छबिलाल विश्वकर्मा–१८००

टंकप्रसाद कार्की–५००

भीम प्रसाद आचार्य–१३००

रघुबीर महासेठ–१५१३

लेखराज भट्ट–१७०४

टोपबहादुर रायामाझी–१७००

अष्टलक्ष्मीः १९७६

सुरेन्द्र पाण्डेः १९२५,  

सुवास नेम्बाङः १८६५, विष्णु पौडेलः १८५६,  

युवराज ज्ञवालीः १८४२,  

रामबहादुर थापा बादलः १७६८,

घनश्याम भुसालः ७२५

प्रकाशित: १४ मंसिर २०७८ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App