१३ श्रावण २०८३ बुधबार
image/svg+xml

धारिलो हतियार प्रहार गरी आफ्नै बाबुको ह*त्या गर्ने छोरा पक्राउ

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ हुसीखोलामा छोराले आफ्नै बाबुको हत्या गरेका छन्।

पोखरा भित्रिएका पर्यटकलाई क्यूआर मार्फत सूचना

पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित भ्रमण गराउने र पर्यटन क्षेत्रको जानकारी दिलाउने उद्देश्यले एकीकृत रुपमा सूचना प्रवाह गर्न थालिएको छ। त्यसका लागि क्यूआर कोड तयार पारिएको छ। उक्त क्यूआर कोडमार्फत पर्यटकले पोखराभित्र घुमघाम गर्दा आवश्यक पर्ने सूचना र सचेतनाबारे जानकारी पाउनेछन्।

वडाध्यक्ष चतुर्वेदी पक्राउको विरोधमा वीरगन्जका ३२ वटै वडा कार्यालय ठप्प

वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार वीरगन्ज महानगरका ३२ वटै वडाका वडाध्यक्षहरू कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

सुनसरी घटनाबारे संसद्‍मा धारणा राख्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह, प्रधानमन्त्रीको जवाफ: विचार गर्छु

बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्तामा सभामुख अर्यालले समसामयिक विषयमा सरकारको आधिकारिक धारणा संसद्मार्फत सार्वजनिक हुँदा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका हुन्।

कर्णालीका पाँचौँ मुख्यमन्त्री शाही को हुन् ?

कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाही मुगु जिल्ला सोरु गाउँपालिका–६ का बासिन्दा हुन्।

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता

विश्व बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै अब संरक्षणसँगै व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने बताइन् ।

भुटानी शरणार्थी महिलाको मिर्गौला प्रत्यारोपणको बाटो खुल्यो, अवरोध हटाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्चले गृह मन्त्रालयलाई झापा जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रबारे सात दिनभित्र आवश्यक निर्णय गरी जानकारी गराउन आदेश दिएको छ।

शान्ति र सद्भाव कायम गर्न उपराष्ट्रपतिको अपिल

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन्।

सडक डिभिजन भक्तपुरका इन्जिनियर चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

चौधरीले आफ्नो वैधानिक आम्दानीभन्दा दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसाबराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको निष्कर्षसहित बुधबार आरोपपत्र दर्ता गरिएको हो।

घरघरमा गुरुकुलीय संस्कारको अभियान : पाशुपत क्षेत्रमा गुञ्जियो ‘सौन्दर्यलहरी’ र ‘गोपीगीत’

ज्ञानको दीप घरघरमा पुग्दा मात्र समाज संस्कारित बन्छ, संस्कारले परिवारलाई जोड्छ र संस्कारित परिवारहरूले नै सभ्य राष्ट्र निर्माण गर्छन् ।

चिकित्सक-बिरामी दुवैको सुरक्षालाई प्राथमिकतामा राख्दै दीर्घकालीन सुधारको तयारीमा स्वास्थ्य मन्त्रालय

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति 'शून्य सहनशीलता'को नीति दोहोर्याउँदै सुरक्षित,व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्रता दिएको जनाएको छ।

‘पार्वती’ मा दिदीभाइको माया

दिदीभाइको माया तथा अटिजमलाई केन्द्रमा राखेर बनाइएको चलचित्रको टिजरमा पात्रको नाम तथा सम्बन्ध खुलाइएको छ।

चिकित्सक आन्दोलन समाधानको पहलमा अनौपचारिक वार्ता सुरु

आन्दोलनको निकास खोज्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुधबार दुवै पक्षबीच अनौपचारिक छलफल सुरु भएको हो।

नारायणी अस्पताल घटना: पर्साका एसपी सुदीप पाठक जिम्मेवारीबाट हटाइए

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकलाई जिम्मेवारीबाट हटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्