आइसीसी पुरुष टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दैछ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। विश्वकप २०२६ को यात्रा तय गर्ने लक्ष्यका साथ नेपाल आफ्नो पहिलो खेल खेल्न लागेको हो।
यस्तो छ नेपालको प्लेइङ-११:
नेपाली टोली: कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।
बेन्चमा: करण केसी, आरिफ शेख, लोकेश बम र आदिल अन्सारी।

नेपालले आजको खेलमा अनुभवी तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ। उनको स्थानमा नन्दन यादवले मौका पाएका छन्।
टोलीमा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले अलराउन्डरको भूमिका निर्वाह गर्दा सोमपाल कामी र नन्दन यादव तीव्र गतिका बलरको रुपमा छन्। यस्तै, सन्दीप लामिछाने र ललित राजवंशीले स्पिन आक्रमण सम्हाल्नेछन्।
प्रकाशित: २२ आश्विन २०८२ २०:३६ बुधबार





