नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पक्षधर र बुद्धिजीवीसँग छलफल सुरु गरेका छन्। बुधवार काठमाडौंको नक्सालस्थित एक होटेलमा केन्द्रीय सदस्य प्रदीप पौडेलसहित विशेष महाधिवेशन पक्षधर नेता र केही बुद्धिजीवीहरू राखेर छलफल सुरु गरेका हुन्।
कार्यक्रममा विशेष महाधिवेशन पक्षधर नेतामा देवराज चालिसेलगायत नेताहरू छन् भने बुद्धिजीवीहरूमा लोकराज बराल, अरुण सुवेदी, गेजा शर्मा वाग्लेलगायत उपस्थित छन्।
उक्त छलफलमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने देखिएका छैनन्।



प्रकाशित: २३ पुस २०८२ १५:२१ बुधबार





