२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

तेस्रो दिन भुवनको शीर्षता

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीबार भुवन नगरकोटी एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा उक्लिएका छन्। ४ अन्डर ६४ सहित समग्रमा ६ अन्डर १ सय ९८ को स्कोरमा भुवन शीर्ष स्थानमा उक्लिएका हुन्। उनले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारे।

दिनेशले बिहीबार ४ अन्डर ६४ खेल्दै समग्रमा ५अन्डर १ सय ९९ सहित दोस्रो स्थानमा उक्लिए। रामे मगरले समग्रमा ४ अन्डर २ सय स्कोर बनाउने क्रममा  १ अन्डर ६७ को स्कोर कार्ड बनाए। उनी एक स्थान तल झरे।  समग्रमा ३ अन्डर २ सय १ सहित सञ्जय लामा र  लगातार दुई दिनका लिडर रवि खड्काले चौथो स्थान बाँडे। सञ्जयले २ अन्डर ६६ स्कोर गरे। रविले आज २ ओभर ७० को प्रदर्शन गर्दा चौथो स्थानमा तल झरे।

नेपाल नम्बर एक नीरज तामाङले रोयल नेपाल  गल्फ क्लबको कोर्स रेकर्ड बराबरी गरे। उनले बिहीबार ८ अन्डर ६० को सानदार प्रदर्शन गरे। यसअघि शिवराम श्रेष्ठ र नरीजले यो कोर्समा ८अन्डर खेलेका थिए।

समग्रमा ३ ओभर २ सय ७ को स्कोरमा टंकबहादुर कार्की र जयराम श्रेष्ठले सातौं स्थान बाँडे। धनबहादुर थापा र तोरणविक्रम शाही समग्रमा ५ओभर २ सय ९ सहित संयुक्त रूपमा नवौं स्थानमा रहे।

एमेच्योरतर्फ महेन्द्र फगामी र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा समग्रमा ३ ओभर २ सय ७ सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन्। उनीहरूले युवा गल्फर स्वप्निल भट्टराईललाई २ स्ट्रोकले पछि पारे।

भुवनले आज बोगीरहित उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पहिलो र सातौं होलमा एक–एक सट बचाए। यसपछि १०औं र १८औं होलमा पनि बर्डी प्रहार गरे। उनले फ्रन्ट र ब्याक नाइन समान २ अन्डर ३२ खेले।  

प्रकाशित: १ फाल्गुन २०८२ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App