३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फाइनलमा

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० गोलले पराजित गर्दै स्पेन १६ वर्षपछि फाइनलमा पुगेको हो।

खेलको ५८औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाएका थिए। उनले दानी ओल्मोको पास (असिस्ट) मा उत्कृष्ट गोल गरेका हुन्।

त्यसअघि खेलको २२औं मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए।

२०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले पेनाल्टी क्षेत्र भित्र स्पेनका युवा विङ्गर लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। सोही अवसरलाई सदुपयोग गर्दै ओयार्जाबलले टोलीलाई अग्रता दिलाए।

बहुप्रतीक्षित यस खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप एक गोल गर्दै फ्रान्समाथि दबाब कायम राखेको थियो।

उत्कृष्ट रक्षापङ्क्ति र सन्तुलित प्रदर्शनका साथ स्पेनले फ्रान्सको चुनौती समाप्त पार्दै उपाधि नजिक पुग्न सफल भएको छ।

प्रकाशित: ३१ असार २०८३ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App