नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न टसमा विराटनगर किङ्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो।
विराटनगरको यो निर्णयसँगै लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।
आजको खेल विजेता टोलीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। खेल आज अपरान्ह ४ बजेबाट सुरु हुँदैछ।
प्रकाशित: २५ मंसिर २०८२ १५:४१ बिहीबार





