२४ मंसिर २०८२ बुधबार
image/svg+xml
खेल

सत्यसाई र सेब विजयी

सत्यसाई र सेबले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा जित निकालेका छन्।

बुढानीलकण्ठको भंगालस्थित आयोजकको कोर्टमा भएको खेलमा मंगलबार सत्यसाईले नेक्ससलाई ३१–२२ र सेबले ह्वाइट माउन्टेनलाई २६–१४ ले पराजित गरेका हुन्।

सिनियर गर्ल्समै त्रिज्योतिले एलएलाई २८–२०, बेलमोन्टले साम्तेनलाई २६–२४, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २०–१० र आयोजक भ्याली पब्लिक ‘बी’ ले सेन्ट लरेन्सलाई २२–१५ ले हराए।

सिनियर ब्वाइजमा बागमतीले ह्वाइटफिल्डलाई ३९–२८, डा. मेमोरियलले रोजमेरीलाई ३८–२५, भ्याली पब्लिक ‘ए’ ले ग्रिनल्यान्डलाई ४९–२६, क्यान्भासले एलएलाई ३१–२२ र हेराल्डले सेन्ट लरेन्सलाई ३४–२७ ले हराए।

जुनियर ब्वाइजमा गण्डकीले एसियनलाई २०–१४, त्रिज्योतिले सेबलाई २२–२०, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २६–१४, सेन्ट जोसेफले क्यान्भासलाई १८–१४ र वसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले एनसिसिएसलाई २३–१५ ले पन्छाए।

प्रकाशित: २४ मंसिर २०८२ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App