२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेको महाधिवेशन बिथोल्ने नियतसहित कुलमानले नागढुंगाको बाटो बन्द गरे : महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका छन्।

सरकारले यहीँ मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित रहेको बस्नेतको भनाइ छ।

एमालेको मंसिर २७-२९ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र नभइ प्रतिशोधको राजनीति भएको बस्नेतले आरोप लगाए।

तत्काल निर्णय फिर्ता गरेर पहिलो हप्तादेखि काम गर्नु सरकार र कुलमान दुवैको हितमा हुने नेता बस्नेतले सुझाए।

प्रकाशित: २३ मंसिर २०८२ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App