२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

साफ यू–१९ पुरुष च्याम्पियनसिप: बंगालदेशको सामना गर्दै नेपाल

साफ यू–१९ पुरुष च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगालदेशको सामना गर्दै छ। बिहिबारको  खेल श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुने छ। खेल नेपाली समय अनुसार ७ः१५ देखि सुरु हुनेछ।जारी प्रतियोगितामा नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।

बंगालदेशले भने आज आफ्नो पहिलो खेल खेल्दै छ। यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र श्रीलङ्कालाई २– ० ले पराजित गदसुखद सुरुआत गरेको थियो। त्यही, जितलाई निरन्तरता दिने लक्ष्यसहित नेपाल मैदान उत्रिनेछन्। उता, बंगालदेश पनि विजयी हासिल गर्दै  साफको सुरुआत गर्ने  सोचमा  हुनेछ। 

समूह ‘ए’ मा रहेको नेपालसँग आयोजक राष्ट्र श्रीलङ्का र बङ्गलादेश छन्। समूह ‘बी’ मा भने भारत, पाकिस्तान, मालदिभ्स र भुटान रहेका छन्।यो  प्रतियोगितामा कूल ७ टोलीले सहभागिता जनाउँदै छन्।

प्रकाशित: २ आश्विन २०८२ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App