२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

लमजुङ: कांग्रेसका गम प्रसादको सुरुवाती अग्रता, एमालेका पृथ्वीसुब्बा पछि

लमजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ।

दुधपोखरी गाउँपालिका वडा नम्बर ५ र ६ को मतगणना चलिरहँदा कांग्रेसका उम्मेदवार गम प्रसाद गुरुङ अगाडि देखिएका छन्।

कुल ४९५ मत गणना हुँदा कांग्रेसका गुरुङले १७७ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ११८ मतसहित पछ्याइरहेका छन्। यहाँ कांग्रेस र एमालेका उम्मेदवारबीच ५९ मतको अन्तर देखिएको छ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसीले कडा टक्कर दिइरहेका छन्। उनले ११० मत पाएका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हरि जंग तामाङले ३४ मत ल्याएका छन्। अहिले दुधपोखरी क्षेत्रको मतगणना जारी रहेको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App