२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मोरङ ६ मा रास्वपाकी रुविनाको ऐतिहासिक जित, डा. शेखर कोइराला पराजित

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्य भारी मतान्तरका साथ विजयी भएकी छिन्। 

निर्वाचनको अन्तिम नतिजा अनुसार ३१ वर्षीया आचार्यले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेकी हुन्।

विजयी आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८ सय ५० मत मात्र प्राप्त गरे। आचार्य र कोइरालाबीचको मतान्तर ४२ हजार ६ सय ६३ रहेको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App