बागलुङ क्षेत्र नम्बर-२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै अग्रता लिएको छ । पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार रास्वपाको पक्षमा ८४१ मत खसेको छ । त्यहाँ रास्वपाका सोम शर्मा उम्मेदवार छन् । त्यस्तै दोस्रो स्थानमा रहँदै नेपाली कांग्रेसका टेक राज पौडेलले ५३८ मत ल्याएका छन् ।
नेकपा एमालेकी मन्जु शर्माले ११९ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले २५० मत प्राप्त गरेका छन् ।
बागलुङ-२का मतदाता ९५ हजार ३५३ रहेकोमा यो क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो ।
प्रकाशित: २२ फाल्गुन २०८२ १२:५७ शुक्रबार



-600x400.jpg)

