नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काई रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन्।
कुँवरले अगस्ट दुई तारिखमा इटालीमा सम्पन्न अन्तर्राष्ट्रिय स्काई रनिङ महासंघ (आइएसएफ) को वार्षिक साधारणसभामा २०२६ मा हुने विश्व स्काई रनिङ आयोजना गर्ने नेपाललाई जिम्मेवारी प्रदान गर्न प्रस्ताव गरेका हुन्।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्यसमेत रहेका कुँवरका अनुसार आइएसएफको अर्को बैठकले यसबारे निर्णय गर्नेछ। ‘हामीले विश्व स्काई रनिङ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका छौं।
उहाँहरू हाम्रो प्रस्तावमा सकारात्मक हुनुहुन्छ,’ कुँवरले भने, ‘आइएसएफको अर्को बैठकले यसबारे निर्णय गर्छ। नेपालमा हामीले गरेको गतिविधि, हाम्रो सक्रियता र अन्तर्राष्ट्रिय सहभागितालाई मध्यनजर गरी आइएसएफले हामीलाई जिम्मेवारी दिनेमा म पूर्ण विश्वस्त छु।’
प्रकाशित: १९ श्रावण २०८२ ०७:४७ सोमबार

