तनहुँ क्षेत्र नम्बर-१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १ सय ८५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९७ मत पाएका छन्।
वाग्ले आफ्ना निकटतम प्रतिद्वन्द्वी भट्टराईभन्दा ८८ मतले अगाडि देखिएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०५:१० शुक्रबार





