रौतहट क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। हिजो सम्पन्न भएको निर्वाचनको गणना शुक्रवार बिहान १० बजेदेखि शुरु भएको हो।
रौतहट क्षेत्र नम्बर १ को मतपेटिका गणनाका लागि गौरस्थित जुद्व माविमा ढिलो गरी पुगेकाले बिहिवार बसेको सर्वदलीय बैठकले शुक्रवार गणना गर्ने सहमतिबमोजिम आजबाट मत गन्ने कार्य प्रारम्भ भएको हो।
देशभर रास्वपाको लहर चलेको बेला रौतहट क्षेत्र नम्बर १ मा नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, रास्वपाका राजेस चौधरी, एमालेका अजय गुप्ता, नेपाली काङ्ग्रेसका अनिल कुमार झा र जसपा नेपालका योगेन्द्र यादव बिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १०:३१ शुक्रबार





