२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो।

आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ। फाइनल खेल यही मङ्सिर २७  गते हुनेछ।

प्रकाशित: २५ मंसिर २०८२ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App