२४ मंसिर २०८२ बुधबार
image/svg+xml
खेल

एनपीएल एलिमिनेटर: काठमाडौंको ब्याटिङ धराशायी, १० ओभरमै आधा टिम पभेलियनमा

नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजको ब्याटिङ इनिङ्स पूर्ण रूपमा धराशायी भएको छ।

१० ओभरको खेल सकिँदा काठमाडौंले आफ्ना ६ प्रमुख ब्याटर गुमाइसकेको छ।

सुरुवाती ४ विकेट सस्तैमा गुमेपछि केही सम्हालिने प्रयास गरेका भिम सार्की र जोन सिम्पसनको जोडीलाई लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले १०औँ ओभरमा तोडिदिएका छन्।

रोहित पौडेलले १०औँ ओभरको पहिलो बलमै भिम सार्कीलाई क्याच आउट गराए भने सोही ओभरको पाँचौँ बलमा सेट भइसकेका जोन सिम्पसनलाई एलबीडब्लू आउट गराउँदै काठमाडौंलाई ठुलो झड्का दिए।

काठमाडौं गोर्खाजले ६ विकेटको क्षतिमा ५१ रन बनाएको छ। अहिले क्रिजमा रसिद खान र सन्तोष यादव रहेका छन्।

प्रकाशित: २४ मंसिर २०८२ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App