देउमाई नगरपालिकामा तेस्रो संस्करणको वडास्तरीय तरुण कप फुटबल प्रतियोगिता आउँदो पुसमा आयोजना गरिने भएको छ ।
पुस ६ देखि १२ सम्म प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘हाम्रो गोल, लागुऔषध दुव्र्यसनीविरुद्धको बोल’ नारासहित नेपाल तरुण दल देउमाई नगर समितिले प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजक दल सभापति विमल खम्बूले वडा ४ स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने बताए । अब हुने प्रतियोगितामा विगतभन्दा पुरस्कार राशिसमेत बढाइने उनले जानकारी दिए । अघिल्लो संस्करणको प्रतियोगिताको विजेता टिमलाई नगद ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उपविजेता टिमलाई नगद ३३ हजार तीन सय ३३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो ।
नगरका ९ वटै वडाले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिता सफल पार्न मेडिकल पाटनरका रूपमा देउमाई नगरपालिकाको स्वास्थ्य शाखा रहनेछ । प्राविधिक सहयोग जिल्ला फुटबल संघको रहेको अध्यक्ष खम्बूको भनाइ छ । अघिल्लो संस्करणको प्रतियोगितामा ७ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो ।
यो वर्ष पुरस्कार राशिसमेत वृद्धि गरिएकाले प्रतियोगिता सम्पन्न गर्न अझ खर्च बढ्ने आयोजकको अनुमान छ । प्रतियोगिताको अन्य व्यवस्थापनका काम भइरहेको आयोजकले जनाएको छ ।
प्रकाशित: २४ मंसिर २०८२ १८:४२ बुधबार





