बास्केटल प्रशिक्षक रीना कार्की ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय कोचिङ कोर्समा सहभागी हुने भएकी छन्।
सो प्रशिक्षक कोर्स हङगेरीको बुडापेस्टमा अक्टोबर १ देखि नोभेम्बर २१ तरिखसम्म हुनेछ। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार सो कोर्समा नेपालाको प्रतिनिधित्व गर्ने बास्केटबल प्रशिक्षक कार्कीलाई शुभकामनासहित बिदाइ गरेको छ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ कार्यक्रममा बास्केटबलको प्रवर्द्धनमा कार्कीको भूमिकाको प्रशंसा गर्दै कार्कीले कोचिङ कोर्सबाट प्राप्त सीप, ज्ञानले नेपाली खेलकुदको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा एनओसीकी उपाध्यक्षद्वय ज्योति राना तथा गोपालसुन्दर कक्षपति, मानार्थ उपाध्यक्ष तुलसी थापा र एनओसीका सचिव एवम् नेपाल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङको पनि उपस्थिति थियो।
प्रकाशित: १० आश्विन २०८२ १७:१६ शुक्रबार





