३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

चीनमा नेपाली तेक्वान्दो खेलाडी

चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा दशौं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपालका विभिन्न डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

उक्त च्याम्पियनसिपमा लिटिल बड स्कुलका ५ खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका आठ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन्। लिटिल बडबाट यु–६ महिला एकल पुम्सेमा इनाया महर्जन, यु–८ एकल पुम्सेको पुरुषमा अभेन थापा र महिलामा आरभी ज्ञवाली तथा यु–१० एकल पुम्सेको पुरुषमा आयाम पौडेल र महिलामा यात्ना तिमिल्सिनाले कौशल प्रदर्शन गर्नेछन्। गोंगबुबाट पुरुष २६ केजीमा सोहन पाठक, महिला ३० केजीमा हृदियानी बस्नेत र महिला ३६ केजीमा जोलिना बस्नेत खेल्ने छन्।

यु–८ महिला एकल पुम्सेमा माइरा कार्की, यु–१२ पुरुष एकल पुम्सेमा श्रेयान कार्की र सक्षम श्रेष्ठ, यु–१४ महिला एकल पुम्सेमा आश्रिया उपाध्याय तथा यु–१८ पुरुष एकल पुम्सेमा युजेन तामाङले सहभागिता जनाउनेछन्।

लिटिल बड र गोंगबु दुवैका प्रशिक्षक सरोज तामाङ हुन्। सरोजसँगै विकेश विडारी प्रशिक्षकका रुपमा चीन जाँदै छन्। अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगतामा निर्णायकको भूमिका निर्वाह गर्नेछिन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य कुमार लामा घिसिङ, नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले शनिबार एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेका थिए।

सो अवसरमा राखेप सदस्यमा नियुक्त भएकोमा घिसिङलाई गोंगबु र गोलढुंगा तेक्वान्दो डोजाङले सम्मान गरेको थियो। डिसेम्बर ३१ देखि जनवरी ३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली मंगलबार चीन जानेछ।

प्रकाशित: १३ पुस २०८२ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App