२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

ओमानविरुद्ध नेपालको आक्रामक सुरुवात

आइसीसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले आयोजक ओमानविरुद्ध आक्रामक सुरुवात गरेको छ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले पावरप्लेको ६ ओभरमा बिना कुनै क्षति ५३ रन जोडेको छ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा जारी खेलमा कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाएका छन्।

उनलाई अर्को छेउबाट राम्रो साथ दिएका आसिफ शेखले १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाएर खेलिरहेका छन्।

यसअघि टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका थिए। नेपाल र ओमान दुवै टोली यसअघि नै अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि छनोट भइसकेका छन्।

प्रकाशित: २९ आश्विन २०८२ २१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App