२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललितनारायण राजवंशीलाई मातृशोक परेको छ । राजवंशीकी ६० वर्षीया आमाको आइतबार बिहान निधन भएको हो ।

विराटनगर–१४ जतुवास्थित आफ्नै घरमा शुभकुमारी (शुभो) राजवंशीको आइतबार बिहान निधन भएको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीले जानकारी दिए । उनका अनुसार ललितकी आमा लामो समयदेखि दम र फोक्सो सम्बन्धी रोगको बिरामी थिइन् ।  

शनिबार राति औषधि खाएर सुतेकी राजवंशीलाई आइतबार बिहान छोरी सुमनले उठाउन जाँदा  नउठेपछि गएर हेर्दा मृत्यु भएको पाइएको छिमेकी राजकुमार विश्वासले जानकारी दिए । उनका अनुसार ललित पनि घर आइपुगेको हुँदा आजै घर नजिककै रहेको सिंघिया खोलामा विधिपूर्वक अन्त्येष्टि गरिने छ ।  

मृतक शुभकुमारीका श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर, माइलो छोरा रामकिशोर, कान्छो छोरा ललितका साथै छोरी सुमन राजवंशी रहेका छन् ।  

प्रकाशित: २५ श्रावण २०८२ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App