नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ।
आज सम्पन्न मतदानपछि नेपालस्थित अमेरिकी दूतावासले एक वक्तव्य जारी गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाललाई बधाई दिएको हो।
दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ।
यसैबीच, निर्वाचन आयोगका अनुसार आज सम्पन्न मतदानमा करिब ६० प्रतिशत मत खसेको छ। अहिले देशभरका मतदान केन्द्रबाट मतपेटिका गणनास्थलमा सार्ने काम जारी रहेको छ। केही स्थानमा भने आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ २१:१० बिहीबार





