२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

१० ओभर सकिँदा लुम्बिनीको ६९ रन, रोहित र सर्टको बलियो साझेदारी

विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच जारी निर्णायक दोस्रो क्वालिफायर खेलको १० ओभर सकिएको छ। १० ओभरको समाप्तिमा लुम्बिनी लायन्सले १ विकेट गुमाएर ६९ रन बनाएको छ।

सुरुवातमै १ विकेट गुमाएर दबाबमा परेको लुम्बिनीलाई कप्तान रोहित पौडेल र विदेशी खेलाडी डी आर्सी सर्टले सम्हालेका छन्। यी दुईबीच दोस्रो विकेटका लागि ६१ रनको अविजित साझेदारी भइसकेको छ।

क्रिजमा रहेका डी आर्सी सर्टले ३० बलमा ३७ रन बनाएका छन् भने कप्तान रोहित पौडेल २५ बलमा ३० रन बनाएर खेलिरहेका छन्।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले निकै कसिलो बलिङ गर्दै २ ओभरमा ८ रन मात्र दिएका छन्।

सुवास भण्डारीले १ विकेट लिएका छन् भने अन्य बलरहरूले विकेट लिन सकेका छैनन्। अहिले लुम्बिनीको रन रेट ६.९० रहेको छ।

प्रकाशित: २५ मंसिर २०८२ १६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App