नेपाल प्रिमियर लिग (एनपीएल) को महत्त्वपूर्ण एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले पावरप्लेमा निकै खराब प्रदर्शन गरेको छ।
टस जितेर ब्याटिङ रोजेको काठमाडौंले लुम्बिनी लायन्सका बलरसामु निरीह बन्दै पावरप्लेभित्रै आफ्ना शीर्ष ४ ब्याटर गुमाएको हो।
६ ओभरको समाप्तिमा काठमाडौंले ४ विकेटको क्षतिमा जम्मा २९ रन बनाएको छ।
लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यान र शेर मल्लले उत्कृष्ट बलिङ गरे। दुवै बलरले समान २–२ विकेट लिएका छन्। आकाश त्रिपाठीले १, सन्नी पटेलले ७, मिलिन्द कुमारले २ र बेन चार्ल्सवर्थ ४ रन बनाएर पभेलिएन फर्किए।
अहिले क्रिजमा भिम सार्की र जोन सिम्पसन रहेका छन्। टोलीलाई सम्मानजनक स्कोरमा पुर्याउन उनीहरूमाथि ठुलो दबाब परेको छ।
प्रकाशित: २४ मंसिर २०८२ १६:३२ बुधबार





