३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

कपन टाइगर तेक्वान्दो टोली इन्डिया गट ट्यालेन्टमा सहभागी हुने

नेपाली खेलकुदको चर्चित तेक्वान्दो डेमोन्स्ट्रेसन टोली कपन टाइगरले भारतमा हुने इन्डिया गट ट्यालेन्टमा प्रतिस्पर्धा गर्ने भएको छ ।  

भारतको मुम्बईमा आगामी सेप्टेम्बर २४ देखि यो रियालिटी सो हुँदैछ ।  

यो सोमा नेपाली खेलकुदको चर्चित ड्रेमोन्स्ट्रेसन टिम कपन टाइगरले प्रतिस्पर्धा गर्ने भएको हो । कुल २६ सदस्यीय नेपाली नेपाली आजै भारत प्रस्थान गरेको छ ।  

मन्दीप राईको कप्तानी तथा तेक्वान्दोका प्रशिक्षक श्याम थापामगरको नेतृत्वमा उक्त टोली सहभागी हुने भएको हो । इन्डिया गट ट्यालेन्टमा करिब ३५ वटा टोलीले चुनौती प्रस्तुत गर्ने भएका छन् ।  

यसअघि मंगलबार काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि टोलीलाई बिदाइ गरेको थियो ।  काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले टोलीलाई बिदाइ गरेका हुन् ।  

संघले सो अवसरमा टोलीलाई प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

प्रकाशित: १ आश्विन २०८२ १७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App