१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

जनकपुरलाई सुरुवाती झड्का, ओपनर आसिफ शून्यमै आउट

टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा निकै खराब सुरुवात गरेको छ।

इनिङको पहिलो ओभरमै जनकपुरले आफ्ना प्रमुख ओपनर आसिफ शेखलाई गुमाएको हो।

सुदूरपश्चिमका तीव्र गतिका बलर स्कट कुगेलेइनले पहिलो ओभरको चौथो बलमा आसिफ शेखलाई बोल्ड गर्दै पेभेलियनको बाटो देखाएका हुन्।

आसिफले २ बल सामना गरे पनि खाता खोल्न सकेनन्। खेलको पहिलो ओभर चलिरहँदा टिमको स्कोर ५ रन हुँदा जनकपुरले पहिलो विकेट गुमाएको हो।

यो समाचार तयार पार्दासम्म जनकपुरले ०.५ ओभरमा १ विकेट गुमाएर ५ रन बनाएको छ। अहिले क्रिजमा माज सदाकत र मयन यादव रहेका छन्।

प्रकाशित: १३ मंसिर २०८२ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App