३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

आयोजक नेपाल पुलिस स्कुल डिआइजी फुटबल कपको फाइनलमा प्रवेश

आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ् कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सातौँ संस्करण अन्तर्गत बुधबार नेपाल प्रहरीको कोशी प्रदेशस्तरीय सुनसरी मैदानमा भएको खेलमा नेपाल पुलिस स्कुलले सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैँचा मोरङलाई ३–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको हो । विजयी टीमका तर्फबाट विप्लप थापा, समिर राई र विकास मगरले गोल गरे ।  

खेलमा पुलिस स्कुलका विकास नै म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद एक हजार पाँच रुपैयाँ नगद र मेडल इलाका प्रहरी कार्यलाय धरानका प्रमुख डिएसपी भीषणबाबु राईले प्रदान गरे ।

पहिलो क्वाटरफाइनल खेलमा निदि सेकेन्डरी स्कुल बिर्तामोड झापालाई २–१ गोल अन्तरले हराउँदै नेपाल पुलिस स्कुल रातो सेमिफाइलनमा प्रवेश गरेको थियो । पहिलो चरणको खेलमा भने नेपाल पुलिस रातोले भरौल बाल मन्दिर स्कुललाई ५(० गोल अन्तरले हराउँदै विजयी भएको थियो ।  

सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैँचा मोरङले क्वाटरफाइनल खेलमा माउण्ट हर्मन एकेडेमी धरानलाई ट्राईबेकरमा ३–२ को गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । पहिलो चरणको खेलमा भने सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैँचा मोरङ्ले आदर्श इङ्लिस स्कुल कानेपोखरी मोरङलाई १(० गोलले हराएर विजयी भएको थियो । 

बिहीबारको दोस्रो सेमिफाइनल खेल प्रभात सेकेन्डरी स्कुल धरान र पिनाकल ज्ञान मन्दिर सुन्दरहरैँचा मोरङ्बिच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित: १६ पुस २०८२ १८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App