६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

५ बलमा १४ रन जोडेर आउट भए गुल्सन

युएईविरुद्धको सुपर-६ खेलमा नेपालले पाँचौँ विकेटको रूपमा विस्फोटक ब्याट्सम्यान गुल्सन झालाई गुमाएको छ।

क्रिजमा आउनेबित्तिकै आक्रामक ब्याटिङ गरेका गुल्सन मात्र ५ बलमा १४ रन जोडेर आउट भए।

उनले आफ्नो छोटो तर महत्त्वपूर्ण इनिङ्समा २ चौका र १ छक्का प्रहार गरे। अन्तिम ओभरमा रनको गति बढाउने क्रममा नेपालले उनको विकेट गुमाएको हो।

गुल्सन आउट हुँदा नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा १२६ रन बनाएको छ। उनको विस्फोटक ब्याटिङले नेपालको स्कोरलाई सम्मानजनक अवस्थामा पुऱ्याउन मद्दत गरेको छ।

अब क्रिजमा कुशल मल्ललाई साथ दिन सन्दीप जोरा आएका छन्। नेपालले अन्तिम २ ओभरमा ब्याटिङ गर्दै युएईसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछ।

प्रकाशित: २६ आश्विन २०८२ १७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App